प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षको बहस सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षबाट संवैधानिक इजासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदकका तर्फबाट जारी बहस १३ औँ दिनमा हिजो सकिएपछि आजदेखि विपक्षी सरकारतर्फको सुनुवाई हुन शुरु भएको हो ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका वकिलहरु तथा कानून व्यवसायीले बहस गर्ने छन् । यसअघि १३ रिट निवेदकका तर्फबाट १३ दिनमा ६८ कानून व्यवसायीले बहस गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्