म्यानमारमा भएको सैन्य ‘कू’को नेपाली कांग्रेसद्धारा विरोध

काठमाडौं – म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेको छ ।

म्यानमारको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो । सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताए । उनले भने, ‘सबैले यसलाई साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्छ ।’ गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।

चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्रिक प्रक्रियामा हुने हस्तक्षेप ओलाचित विषय बन्छ । नेपाली कांग्रेस म्यानमारको घटनाप्रति विरोध गर्न चाहन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्