१८ करोडको आइपिओ आगामी हप्ता बिक्रीमा आउँदै

काठमाडाैँ– १८ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडकले यही माघ २३ गतेदेखि शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले सबै सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्