कञ्चनपुरमा रिता बचाउ अभियान सञ्चालन, सहयोग गर्न अभियान्ताहरुको अपिल

काठमाडाैँ –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. १ सर्माेली बस्ने नरेन्द्र बोहराकी छोरी रिता बोहरा १३ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बनेकी छिन् ।
आर्थिक अवस्था न्यून रहेको बोहरालाई उपचार गर्न समस्या परेको छ । उक्त समस्यालाई मध्यनजर गर्दै अभियान्ताहरुले रिता बचाउ अभियान सञ्चालन गर्दै आइरहेका छन् । यस्तै कञ्चनपुरमा पनि रिता बोहरा बचाऔं अभियान सञ्चालनमा ल्याइएको अभियानका अध्यक्ष प्रकाश सिंह कार्कीले बताए ।
हाल कान्ति बाल अस्पताल महाराजगन्जमा उपचाररत बोहराको पारिवारिक आर्थिक स्थिति एकदमै कमजोर भएकाले आफूहरुले उक्त अभियान सञ्चालनमा ल्याइएको उनको भनाई छ । यहि माघ ८ गतेदेखि जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगर बाट सुरू गरिएको उक्त अभियान सुदूरपश्चिम विश्वविद्यालय, सिद्धनाथ साइन्स क्याम्पस, रेडियन्ट, लिटल बुद्ध, साधारण लगाएत विभिन्न क्याम्पसहरूमा जारी रहेको अध्यक्ष कार्कीले बताए ।
गास, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको संविधानमा लामो सूची भए तापनि सरकारले व्यवहारमा उतार्न नसक्दा बर्षेनी यस्तै हजारौ बालबालिकाको ज्यान जाने गरेको अध्यक्ष कार्कीले गुनासो समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्