मंगलबारका लागि बोलाएकाे काँग्रेसको बैठक सर्‍यो, पौडेललाई भेट्न देउवा बोहराटार पुगे

काठमाडौं – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलको निवास बोहोराटार पुग्नुभएको छ ।

बोहोराटारमा देउवा र पौडेलबीच करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । स्रोतका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक धारणाका विषयमा पनि छलफल भएको छ । संसद् पुनस्र्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा पौडेलले जोडदिएपछि देउवाले पौडेलसँग ‘वान टु वान’ वार्ता गरेको बुझिएको छ ।

गत बुधबार नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराउनुभएको छ । प्रचण्ड र नेपालले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राख्नुभएको थियो ।

यता भोलि (मंगलबार)लाई बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ । अब माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने काँग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्