ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय सहित प्रचण्ड–माधव समुहका नेता पुगे बालुवाटार

काठमाडौं – नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु बालुवाटार पुगेका छन् । प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय सहित नेताहरु बालुवटार पुगेका हुन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिनुभयो ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्