‘केपी प्रवृत्तिको अपरेशन गर्नुपर्ने छ’ – प्रचण्ड

File Photo

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको बताउनुभएको छ ।

अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको आरोप प्रचण्डको छ । ‘उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न । म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ । योभन्नदा भ्रष्टाचारविरोधी अर्को अभिव्यक्ति अर्को हुन्न तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन अघि सारिएको अभिव्यक्ति हो यो,’ काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज प्रचण्डले भन्नुभयो ।

खुलेआम भ्रष्टाचार भयो भनेर विरोध गर्दा न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेकोले आफूहरूले विरोध गरेको प्रचण्डको दाबी छ । ‘खुलेआम भ्रष्टाचार भयोभन्दा तपाईं न्यायाधीश टोपलिएर आफैंले संरक्षण गर्ने ? होइन उहाँ त भ्रष्टाचारी भन्ने ? अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै तपाईं किन हिँड्दै हुनुहुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो

उनले प्रधानमन्त्री ओलीलाई बुर्जुवाको संज्ञा दिनुभएको छ । ‘बुर्जुवाहरूले विज्ञापन राम्रो गर्ने तर कुहिएको माल विक्री गर्न लेबल राम्रो गर्छन्,’ उहाँले भन्नुभयो ।

उहाँले सँगै केही समय बसेकोले प्रधानमन्त्री ओलीमा रहेको प्रवृत्ति आफूहरूमा पनि केही देखिएजस्तो रहेकोले अपरेशन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘तपाईंको रोग हामीभित्र पनि सर्न लागेको हो कि भन्ने डर छ । मेजर अपरेशन गर्न पर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘गलत मान्छेसँग बस्दा हामीलाई पनि अलिकति संक्रमण भएको छ । केपी प्रवृत्तिको अपरेशन गर्नुपर्ने छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्