निर्वाचन बारे छलफल गर्न आयोगले बोलायो दलहरुलाई

काठमाडौं – निर्वाचन आयोगले विभिन्न दलहरुसँग छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो । यद्यपि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्