प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ – ‘तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काउनुभएको छ ।

शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई आफूले दौडादौड गरेर मन्त्री बनाउँछु भनेर उनका लागि भोट मागेको बताएका थिए।

’अनि जितेर आएपछि मन्त्री पनि बनाएँ । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ओली क्याबिनेटमा पर्यटन मन्त्री रहनुभएका भट्टराईले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि राजीनामा दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफूलाई केटो भनेपछि भट्टराईले शनिबार राति सामाजिक संजाल फेसबुक मार्फत जवाफ फर्काउनुभएको छ । उहाँले पनि प्रधानमन्त्रीको नाम भने लिनुभएको छैन । ’केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो,’ भट्टराईले लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्