सुदूरपश्चिममा नरहरी पर्व मनाइदै, काग बोलाउने चलन ‘का काैवा का- सेलपुरी खा’

काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको सेल, पुरी लगायतका मिठा मिठा परिकारहरुलाई माघ १ गते विहानै नुहाएर काग बोलाएर कागलाई खान दिने चलन छ । माघ १ गते विहानै घर घरमा का कौवा का सेलपुरी खा भनेर कागलाई बोलाएको सुन्न सकिन्छ । य

स दिन पनि मिठा मिठा परिकार पकाएर खाने चलन छ सुदूरपश्चिममा । आजको दिन कुनै काम गर्नु हुदैन भन्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । माघ १ गते अर्थात नरहरिको दिन कुनै हतियार चलाउनु हुदैन भन्ने मान्यता रहेको छ । इष्टमित्र आफन्तहरु जम्मा भई रमाइलो जमघट गर्दै डेउडा खेल समेत आजको दिनमा खेल्ने गरिन्छ । नरहरीलाई विशेष पर्वका रुपमा मनाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्