परराष्ट्रमन्त्री ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत जानुभएको हो ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जानु भएको हो । । बैठक तीन दिनसम्म चल्ने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्