दार्चुलाको महाकाली नगरपालिकाका ४२ जना कोरोना संक्रमति डिस्चार्ज

गणेश सिँह धामी, दार्चुला

दार्चुलाको महाकाली नगरपालिकाका कोरोना संक्रमति ४२ जना डिस्चार्ज भएका छन् । महाकाली नगरपालिकाले असोज २६ गते गरेको स्वाब संकलनमा कोरोना पोजेटिभ देखिएका ४२ जनाले आज कोरोना जितेका छन् । जसमा शसस्त्र प्रहरी गण दार्चुलाका एसपी नरेन्द्र बहादुर बम सहित १७ जना, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय दार्चुलाका सभापति गोपाल सिंह महर सहित ३ जना, कारागार कार्यालयका दार्चुलाका कैदी २ जना र मोहति बस्ने श्यामराज अबस्थी सहित २० जना स्थानीय छन् । निजहरूमा कोरोना को कुनै पनि लक्षण नदेखिएकाले नेपाल सरकारको नियमानुसार आज डिस्चार्ज गरिएको हो ।
त्यो दिन १०२ जनाको स्वाव संकलन गरिएको थियो
कोरोना संक्रमण पुष्टी भएका व्यक्तीहरुमा १४ दिन सम्म कुनै पनि लक्षण नदेखिएमा स्वतः कोरोना जितेको मानिने तथा उनिहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो । कोरोना जित्न सफल ४२ जनालाई आज डिस्चार्जं गरिएको समेत उहाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्