कोरोना संक्रमण र अनुभव

सुशील सुवेदी

मान्छे एकदिन सबै मरेरै जाने चोला हो । तैपनि जन्मेपछि निश्चित अवधि सम्म बाँच्ने प्रयास र सङ्घर्षको शिल–शिलामा मान्छे हरेक प्रयास बाट धेरै बाँच्ने आश राख्दछ । तर विश्वमा विभिन्न प्राकृतिक प्रकोप तथा मानवीय क्रियाकलाप बाट सिर्जित विभिन्न दुर्घटना बाट मान्छे हताहत हुने र अकालमा मर्ने गर्दछ ।

यस बीचमा कोरोना भाइरस चीनको बुहान प्रान्त बाट फैलिएर विश्व नै आतङ्कित भइरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहेन । सुरु सुरुमा हाम्रो परिवेशको मनोविज्ञान कोरोना धेरै ठूलो रोग हो छोएपछि सर्छ र मरी हाल्छौं भन्ने भयो र हाम्रो मनो बल कम हुन थाल्यो ।

हुनत विश्वका शक्तिशाली देश चीन, इटाली, स्पेन, अमेरिका, बेलायतको कोरोना कहर हेर्दा धेरै डरलाग्दो अवस्था थियो । नेपालमा एकजना मानिसमा कोरोना सङ्क्रमण हुँदा देश नै लक डाउन गरिएको थियो । देशको आर्थिक समृद्धिमा कोरोना कहर बाधकको रुपमा थियो । जब छिमेकी मुलुक भारतमा सङ्क्रमण बाट व्याप्त हुँदै गर्दा सङ्क्रमणबाट देशका जनतालाई कम असर परोस् भन्ने आशयका साथ देशमा लकडाउन गरिएको थियो । खुला सीमाका कारण भारतबाट नेपालका तराई जिल्लामा सङ्क्रमण हुँदै गर्दाको अवस्थामा नेपालमा सङ्क्रमण बढ्न थाल्यो बिस्तारै नेपालकै केन्द्र राजधानीको काठमाडौंमा सङ्क्रमण हुन थाल्यो । अहिले ट कोभिडको हटस्पट नै काठमाडौ लगाएत अन्य ठाँउ हरु बन्न थालेको छ । काठमाडौंमा मात्रै दिनमा ३ हजार देखि ४ जना समेत कोरोना सङ्क्रमण भई पोजेटिभ देखिरहेको अवस्था छ । जब सार्वजनिक सवारी साधनहरु सञ्चालन सङ्गै काठमाडौं बाट कोरोना सङ्क्रमण गाउँ गाउँ तिर केन्द्रित हुन थाल्यो ।

यसबीचमा कोरोना सङ्क्रमण विश्वमा सुरु भए यता विभिन्न जनचेतना फैलाउने, सजकताका लागि बहस चर्चा लगायतको क्षेत्रमा सक्रिय रुपमा नै लागेको थिए । गाउँमा पनि कोरोना बारे सामाजिक सुरक्षा, आफ्नो उत्तरदायित्व, सावधानी आदिको विषयमा सबैलाई सचेत गराउने साबुन पानीले हात धुने, सामाजिक दूरी कायम राख्ने, माक्सको प्रयोग लगायतको कुरामा सबैलाई सूचना प्रवाह तिर र आफू पनि यसप्रति जिम्बेबारिका साथ आफ्नो मत अभिव्यक्त गरिरहेको नै थिए । जब नेपालमा पनि सङ्क्रमण समुदाय स्थरमा फैलिरहेको अवस्थामा म एक सत्य सुचना दिने हेतुले पत्रकारिता क्षेत्रमा भएका विभिन्न घटना हरु संकलन गर्ने क्रममा फिल्ड्मा हिडे र हल्का सामान्य टाउको दुख्ने नाक टाल्लिने जस्ता सामान्य सम्स्या हरु आइरहेका थिए गत असोज २२ गते पिसिआर जाँच गर्दा २६ गते रेडियो मा कार्यरत एक सहकर्मिमा पोजेटिभ रिपोर्ट आयो र म पनि कन्ट्र्याक ट्रेशिङ मा परे र मेरो पनि कात्तिक १ गते पिसिआर चेक भयो रिपोर्ट न आउँदा सम्म म होम क्वारेन्टाइनमा नै बसेको थिय र गत ५ गते बिना लक्षण कोरोना रिपोर्ट पोजेटिभ आयो र मनमा खुल्दुली भयो । कुन कारणले पोजेटिभ आयो भनेर र कुरा बुज्दा पिसिआर गर्दा हल्का रुगा लागेको रैछ त्यही भएर भन्ने कुरा आयो र त्यस पछि म बाहुनेपाटी आइसोलेसन मा गएर बसे ।

जब मेरो पीसीआर रिपोर्ट पोजेटिभ आउँदै गर्दा म घरमा छुट्टै बसिसकेको थिए । कोरोना कहर एकातिर आफूलाई फेरि कोरोना पोजेटिभ देखियो भन्दा मनमा अलिक बढी डर थियो । परिवारका सदस्य हरु पनि अलि डराएको र आत्तिएको महसूस गरेको थिए आफू एक पत्रकारिता पेशामा लागेको हिसाबले समुदायका मानिसलाई नी जानकारी होस् भनेर फेसबुक मार्फत सबैलाई जानकारी गराए ।

यसबीचमा धेरै साथीभाइ राजनैतिक व्यक्तित्व अग्रज मलाई माया गर्नुहुने समुदायका व्यक्तिहरू सबैले मलाई फोन मेसेन्जर फेसबुक बाट स्वास्थ्य लाभको कामना तथा उच्च मनोबल प्रदान गरिरहनु नै भएको थियो । यसबीचमा मैले पूर्ण विश्वास त लिएको छु कि म छिट्टै निको हुनेछु । तर धेरै साथीभाइ इष्टमित्र हरुले स्वास्थ्य लाभको कामना गरिरहदा यसबीचमा सबै साथी भाइ इष्टमित्र स्वास्थ लाभको कामना गर्ने हरु र घरका सदस्य हरुले तातोपानी , गुर्जो, तितोपातिको जराको झोल, पारिजातको बोक्राको झोल, अलैँची, बेसार तातोपानी, बोजो, टाई फाइट र निमोनिया हुँदा खाने झारपाते औषधि लगायतको औषधि नियमित निश्चित मात्रामा खानु भन्दै घर बाट आएकाले औषधि ल्याइदिए र मैले त्यस लाई सेवन गर्न थाले । सङ्क्रमण पोजेटिभ भएको खबर पाएको आज ५ दिन हुँदा पनि म मा केही लक्षण छैन म पूर्ण रुपमा स्वस्थ छु ।

दशैंको नजिक आफू बिरामी निको न भइसकेको हुँदा विभिन्न माध्यम बाट अग्रज हरुले कोरोना संक्रमित साथीहरुले, आफ्नो अनुभव, साटासाट तथा धेरै साथीभाइले फोन मार्फत हौसला प्रदान गराइरहदा एकदमै खुशी लाग्थ्यो र सगै भए जस्तो महसुस हुन्थ्यो र खुसी पनि लाग्यो कि म बिरामी परेपनी मलाई माया गर्नुहुने धेरै आफन्त साथीभाइ राजनीतिक व्यक्तित्व हरु समुदायमा पनि आभारी व्यक्त गर्न चाहान्छु । ज–जसले मात्रै मेरो नाममा अफबाह तथा भ्रामक कुरा फैलाउनु भयो उहाँहरूले पनि नबुझेरै कोरोना र आफूतिर केन्द्रित अफबाह फैलाउनुभयो । बिस्तारै उहाँहरूले नी कोरोना लाई बुझ्नुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु ।

कोरोना भाइरस बाट न आत्तिऔ न डराउ, कोरोना सग लड्न आफ्नु आत्मा बल बलियो बनाउ र सुरक्षित रहौ कोरोना बाट आफुपनी बचौ अरुलाइ पनि बचाउ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्