पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

काठमाडौं – नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उनी धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो खनालको डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्