प्रहरीले कुनैपनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने : प्रधानमन्त्री ओली

काठमाडौं –  नेपाल प्रहरीको ६५ औ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति-सुरक्षा र अमनचैनका लागि अहोरात्र खटिरहने प्रहरी संगठनको उच्च प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समाजमा हुने आपराधिक कृयाकलाप रोक्न प्रहरीले कुनैपनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने स्पष्ट पार्नुभयो ।

समाजमा अराजकता तथा वितण्डा मच्चाउन खोज्ने तत्वप्रति सधैं चनाखो भई कडा कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरीको सकृयता आवश्यक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।

बलात्कार र हिंसा जस्ता जघन्य अपराध समाजका लागि क्षम्य नहुने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले कानून ल्याएको जानकारी पनि दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्