शुक्रबार थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि, उपत्यकामा २४०२ जना संक्रमित

काठमाडौँ – शुक्रबार थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार १७ सय ८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जना रहेका छन् । गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्