सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित

सुशील सुवेदी
सिन्धुपाल्चोक – सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित भएका छन । सांस्कृतिक जागरण नेपालको प्रथम भेलाले आचार्यलाई निर्वाचित गरेको हो । आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ उपाध्यक्षमा जीवन न्यौपाने र सुशान्त आचार्ये सचिब मा सुशील सुवेदी कोषाध्यक्षमा रन्जन पौडेल र सहसचिवमा मनिषा दाहाललाइ भेलाले चुनेको हो । सदस्यमा रोहन कट्टेल, रवि लुइँटेल, आयुश सत्याल, उमेश न्यौपाने, वसन्त भट्टराई, अस्मिता नेपाली, बुद्धि सागर चालिसे लाइ चयन गरेको छ ।

कोभिडलाई मध्यनजर गर्दै उपस्थित हुनेहरुमा आवश्यक माक्स सेनिटाइजर प्रयोग गर्दै सामाजिक दुरि कायम गरि भेला बसेको थियो भने उपस्थित नहुने हरुका लागि भने सामाजिक सन्जाल जुम र म्यासेन्जर बाट भेलालाइ सफल र सर्वसम्मत पारित गरिएको थियो । सभालाई सम्बोधन गर्दै आचार्यले एक पारिवारिक संज्ञा दिदै अब संगठित भएर अघि बढ्ने र कुसंस्कार र कुसंस्कृती माथि खरो रुपमा प्रदर्शन हुने कुरा सभामा ब्यक्त गरे । दशै पछिको पहिलो साता दर्ता प्रकृया सकेर फिल्डमा उत्रने समेत आचार्यले ब्यत्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्