जुगल हिमशृङ्खलाको आरोहण सुरुवात, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली प्रस्थान

सुशील सुवेदी
सिन्धुपाल्चोक – जुगल हिमशृङ्खलाको ग्याल्जेनपीक आरोहणको सुरुवात भएको छ । मंगलबार जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली आरोहणका लागि प्रस्थान गरेका छन् ।
राजधानी काठमाडौबाट १४५ किलोमिटरको दूरीमा रहेको जुगल हिमश्रृंखलाको ग्याल्जेनपीक आरोहरण दोस्रो पटक हुने भएको हो । ६ हजार १५१ मिटर उचाइमा रहेको राजधानीवाट नजिकको उत्कृष्ट गन्तब्यको सूचीमा रहेको श्रृंखलामा गतवर्ष चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलोपटक आरोहण गरेँसंगै यसले थप सम्भावनालाई उजागर गरेको छ ।
जुगल गाउपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको श्रृंखलाका ११ वटा चुचुरामा आरोहणका लागि अनुमति प्राप्त छ । ।
तीन हजार ५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य, उच्च भुभागमा रहेको फराकिलो मैदान, नजिकै ब्रहायणी नदी, जंगलमार्गमा तोङश्युक ९हजार जना अट्ने गुफा जुगल आरोहणको पर्यटकीय पाटो रहेको जुगल गाउँपालिकाले जनाएको छ । हिमाल आरोहणका लागि अध्ययनमा सैद्धान्तिक, प्रयोगात्मक तथा अग्ला हिमाल आरोहणका लागि छोटो अवधिको तालिम तथा अभ्यासका लागि थप अध्ययनको जरुरी भएकोले आरोहण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

‘कोरोना माहामारी नियन्त्रण भएपछिका दिनमा पर्यटन उद्योगलाई थप चलायमान बनाउनका लागि पनि तयारी स्वरुप यो आरोहण कार्यक्रम तय भएको हो ।’ तामाङले भन्नुभयो । मौसम अनुकुल भएको खण्डमा एक सातामा आरोहण सकेर आधार शिविर फर्कने तयारी भइरहेको र सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा आरोहण दलमा पासाङकाजी शेर्पा, पेम्वा तामाङ, आङदोर्जी शेर्पा, आङछिरिङ शेर्पा, सार्की शेर्पासहित ६ जना रहेको जनाईएको छ । यो पटकको आरोहण लगत्तै माउन्टेनेरिङ ःकलेजको सम्भाव्यता अध्ययनका लागि प्राविधिक र बिज्ञ टोलीले पुनः त्यस तर्फ प्रस्थान गर्ने गाउँपालिकाले जनाएको छ । ।
जुगल गाउँपालिकाको आयोजना, सिन्धु पर्यटन परिषद्को सहजीकरण र सोल हिमालयन कम्पनीको व्यववःथापनमा आरोहण सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्