कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

File Photo
File Photo

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ ।

आज काडमाडौं उपत्यकामा २ हजार १ सय २९ जना नयाँ संक्रमित थपिएका मध्ये काठामाडौंमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना नयाँ संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर १५०३ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परिक्षण भएको थियो ।हालसम्म निको भएकाहरुको संख्या ७८ हजार ७ सय ८० छ ।

देशभर संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन भने क्वारेन्टिनमा ४ हजार ७९५ जना रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्