लामो समयको अथक प्रयासपछि व्याँस गाउँपालिकामा एम्बुलेन्स सेवा

गणेशसिँह धामी, दार्चुला

दार्चुलाको उत्तरी भेगमा पर्ने भारत र चीनसँग् सिमाना जोडिएको भौगोलिक बिकटता भएको ब्यास गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार भएको छ ।
शान्ति र अहिंसा प्रतिमुर्ति माहात्मा गान्धीको जन्म जयन्तीको शुभ अवशरमा भारत सरकार बाट नेपाली स्थिति भारतीय राजदूताबाँस मार्फत ब्यास गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो ।
भौगोलिक विकटता, सडकको पहुँच नहुनु लगायतका समस्या झेल्दै आइरहेको व्याँस गाउँपालिका वासी जनताको स्वास्थ्य सेवामा केहि सहजताका लागि एम्बुलेन्स भित्राइएको गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकीले बताए ।
स्वास्थ सेवा चुस्तदुरुस्त उपलब्ध गराउन र लामोदुरी सम्म घन्टौ बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता अन्त्य गर्दै समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन सकियोस् भन्ने उदेश्यले ब्यास गाउँपालिका अध्यक्षको लामो प्रयासपछि एम्बुलेन्स सेवा विस्तार भएको छ ।
व्याँस गाउँपालिकावासीले स्वास्थ्य क्षेत्रमा भोग्नु परेको समस्या अव सामाधान हुने र अझै स्वास्थ्य क्षेत्रमा नयाँ आयामहरु विस्तार गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्