पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- बितेको २४ घण्टामा देशभर यस्तै १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्