लोकतन्त्र र समृद्धिको विषाणु “म र मेरो मोह”

प्रा.डा. अक्कलदेव मिश्र
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारको जनप्रतिनिधिको संरचना फर्केर एकपटक हेर्दा हाम्रो जस्तो देशको अर्थतन्त्रका लागि केही बोझिलो देखिन थाल्यो । विकास र निर्माणमा भन्दा जनप्रतिनिधिको आर्थिक, भौतिक र सामाजिक व्यवस्थापनमा राज्यले ठुलो व्ययभार थेग्नु पर्‍यो । यति गर्दा पनि जनताले सन्तुष्टि प्राप्त गर्न नसकेको अवस्था छ । यहाँ म र मेरोको गोलचक्करबाट नेतृत्व बाहिर आउन सकेको अवस्था छैन । जसले गर्दा जनतामा र राष्ट्र सेवकमा एक किसिमको निरासा छाएको छ । नितान्त क्षणिक जीवनमा यस्तो “म र मेरो मोह” अज्ञानताको एउटा पोको मात्रै हो । यसले संरक्षित र संस्थागत विकृति मात्रै निम्त्याउने गर्दछ । त्यसैले यो मोहलाई लोकतन्त्रको एउटा अब्बल बिषाणुको रूपमा लिन सकिन्छ । हामी र हाम्रो भन्ने भावना जागृत नभएसम्म यो बिषाणुले आक्रमण गरी राख्छ । सामाजिक रोगको श्रृङ्खला चली राख्छ र देश समृद्धितिर लम्कन सक्दैन ।
नेपालको संविधान २०७२ द्वारा निर्दिष्ट स्थानीय, प्रादेशिक र संघीय संरचना अनुसार ५०३ वटा निर्वाचन क्षेत्र तथा ७५३ स्थानीय एकाईहरूमा कुल ३६,१०५ जना जनप्रतिनिधिको व्यवस्था गरिएको छ ।
१. संघीय संसद
प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचित : १६५ जना
प्रतिनिधि सभा सदस्य समानुपातिक : ११० जना
राष्ट्रिय सभा सदस्य ७ प्रदेशबाट : ७×८=५६ जना
राष्ट्रिय सभा सदस्य राष्ट्रपतिबाट मनोनीत : ३ जना
जम्मा संघीय संसद सदस्य : ३३४ जना
२. प्रदेश संसद
प्रदेश सभा सदस्य प्रतक्ष निर्वाचित : ३३० जना
प्रदेश सभा सदस्य समानुपातिक : २२० जना
जम्मा प्रदेश सभा सदस्य: ५५० जना
३. स्थानीय एकाईहरू
महानगरपालिका- ६, उप-महानगरपालिका-११, नगरपालिका-२७६ र गाउँपालिका-४६० रहेका छन् ।
मेयर : २९३
उपमेयर : २९३
गाउँपालिका अध्यक्ष : ४६०
गाउँपालिका उपाध्यक्ष : ४६०
वडा अध्यक्ष : ६७४३
वडा सदस्य दलित : ६७४३
वडा सदस्य महिला : ६७४३
वडा सदस्य खुल्ला : १३४८६
जम्मा स्थानीय एकाई जनप्रतिनिधि : ३५,२२१
यसरी संघीय संसद, प्रदेश संसद र स्थानीय एकाईमा गरि जम्मा जनप्रतिनिधिको संख्या ३३४+५५०+३५२२१= ३६,१०५ जना हुन्छ । यी सबै जनप्रतिनिधिले निस्वार्थ भावले राष्ट्र र जनताको सेवामा समर्पित हुने हो भने सानो भूगोल भएको हाम्रो देशको समृद्धि छोटो समयमा नै सम्भव छ । यहाँ प्रतिनिधि- जनता अनुपात झण्डै १ : १,००० जस्तो रहेको छ । जुन अन्य मुलुकको भन्दा निकै कम हो । विश्वमा यस्तो निकटतम अनुपात समृद्ध मुलुकमा पनि पाईदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्