काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

यस्तै बितेको २४ घण्टामा देशभर कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ । हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

१७ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी नेपालमा संक्रमितको मृत्यु भएको छ । यसअघि केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्