समन्वय गरेर मात्रै क्वारेन्टाईनमा आउन मेलम्ची नगरपालिकाको अनुरोध

सुशील सुवेदी, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकाले नगरपालिकासँग समन्वय गरेर मात्रै क्वारेन्टाईनमा आउन आग्रह गरेको छ । पछिल्लो समय भारत लयायत अन्य मुलुक तथा नेपाल कै संक्रमणको जोखिम भएका क्षेत्रबाट आएका व्यक्तिहरु समन्वय नगरी सिधैं क्वारेन्टाईनमा आउदा क्वारेन्टाईनमा रहेका व्यक्तिहरु थप जोखिममा पर्ने र क्वारेन्टाईन व्यवस्थापनमा समेत समस्या हुने भएकाले नगरपालिकाले यस्तो आग्रह गरेको हो ।
आज एक विज्ञप्ती जारी गरि शंकास्पद क्षेत्रबाट नगरपालिका भित्र आउदा ५ दिन अगावै स्वास्थ्य शाखासँग समन्वय गर्न अनुरोध गरिएको मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।त्यस्तै बाहिरी जिल्लाबाट कामदार ल्याउने ठेकेदार कम्पनी तथा ठेकेदारले अनिवार्य रुपमा ३ दिनभित्रको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट सहित कामदार ल्याउन पनि अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ । अन्यथा संक्रामक रोग एैन.२०२० बमोजिम कारवाही हुने निर्णय नगरपालिकाले गरेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्