बैतडीः पिसीआर प्रयोगशालाको उद्घाटन आज हुदैं

FILE PHOTO

नरेश जोशी, बैतडी

जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसीआर परिक्षण प्रयोगशालाको आज उद्घाटन हुने भएको छ । उक्त प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा प्रयोगशाला स्थापना भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । करीब ४० लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको उहाँले बताउनुभयो । प्रयोगशाला उद्घाटनपछि मात्रै सञ्चालनमा आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

जिल्ला अस्पतालमा पीसीआर प्रयोगशालामा स्थापना भएपछि अब जिल्लामै कोरोना परीक्षण हुने भएको छ । यो भन्दा पहिला कोरोना परीक्षणका लागि डडेल्धुरा स्वाब पठाउनुपर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पतालका प्रमुख डा।डम्मरजंग सिंहले जानकारी दिनुभयो । बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएपछि दार्चुलाका नागरिकलाई समेत सहज हुने भएको छ । पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगहरुको परीक्षणका लागि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमा आउन लागेको हो । बैतडीसंगै डोटी र कैलालीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय भएकोमा ती ठाउँमा यसअघि नै प्रयोगशाला सञ्चालनमा आइसेकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्