दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण

काठमाडौं – डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

दिपायलमा शुरुमा १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शुरुमा संक्रमण देखिएको पाँच दिनपछि क्लोज कन्ट्याक्टमा रहेका सैनिकको पिसिआर जाँच गरिएको थियो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा उनीहरुरुको स्वाव परीक्षण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्