शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा CTEVT अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत

मुकेशप्रसाद जोशी

कंचनपुर- शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा यस वर्षबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत भएका छन्

प्राविधिक शिक्षामा सबै वर्ग र समुदायको सहज, सर्वसुलभ पहुचको लागि सरकारी स्तरबाट गतबर्ष कञ्चनपुरको शुक्लाफाँटा नगरपलिकामा शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युट नामक सस्थाको स्थापना गरिएको थियो ।

यस संस्थामा diploma in civil engineering र diploma in mechanical engineering को पहिलेदेखि पढाई हुँदै आइरहेकोमा यस वर्षबाट Diploma in Pharmacy , Diploma in Automobile Engineering, Diploma in hydro-power Engineering र Diploma in Argo Engineering सहित थप ४ विषयको पढाई हुने छ ।

यस इन्ष्टिच्युटको स्थापना गर्न कंचनपुर जिल्ला क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय नरबहादुर धामी र सभामुखका स्वकीय सचिव नवराज ऐरको विशेष योगदान रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्