शुक्लाफाँटा नगरकार्यपालिकाको निर्णयप्रति नगरबासी असन्तुष्ट, सूचना उपलब्ध गराइदिन माग

मुकेशप्रसाद जोशी
कंचनपुर- शुक्लाफाँटा नगर कार्यपालिकाको ८३ औँ बैठकले नगर प्रमुख दिलबहादुर ऐरलाइ क्षमा दिने निर्णय गरेपछि नगरबासी असन्तुष्ट बनेका छन् । कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदन अन्यत्र सारिने विषयमा भएको प्रक्रियागत त्रुटिका दोषी नगर प्रमुखलाइ क्षमा दिने निर्णय गरेको थियो ।
नगर कार्यपालिका बैठकले गरेका निर्णयहरु –
निर्णय नंं. १ : खप्तड शिक्षा सदन अन्यत्र सरि जाने सहमति दिदा शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले पेश गर्नुभएको टिप्पणी नगर प्रमुखस्तरबाट सदर भएको सम्बन्धमा प्रमुख दिलबहादुर ऐरले आफ्नो तर्फबाट यस्ता त्रुटीहरू नहुने प्रतिबद्धता सहित नगर कार्यपालिकाबाट क्षमा दिने निर्णय गरेको छ ।
निर्यण नंं. २ : खप्तड शिक्षा सदन अन्यत्र सरि जान सरूवा सहमति दिदा प्रक्रियागत त्रुटी भएकाले मिति २०७७/०५/२१ गतेको कार्यपालिका बैठकबाट शिक्षा शाखा टिकेन्द्र भट्टलाई निजामती सेवा ऐन, नियम बमोजिम कारवाही गर्ने निर्णय भएकोमा निजामती सेवा ऐन, नियम बमोजिम उपयुुक्त कारवाही हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।
नेपालको संविधान २०७२ को भाग -१७ स्थानीय कार्यपालिका र अनुसूची ८ तथा स्थानीय सरकार सन्चालन ऐन २०७४ को परिच्छेद -३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारमा कहिँ कतै पनि कार्यपालिकाले क्षमा दिन सक्ने अधिकार उल्लेख नभएकोले यो निर्णय असंवैधानिक र गैरकानुनी भएको नगरबासीको जिकिर छ ।

विस्तृतमा:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्