बिहीबारको मौसम पूर्वानुमान

सांकेतिक तस्बिर

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।-रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्