बोल्दे विस्थापितलाई राहत लिएर पुगे पूर्वमन्त्री र समन्वय प्रमुख

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडितलाइ राहत वितरण गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ, लगाएतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ । अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवस्यक सामाग्री प्रदान गरिएको छ ।

पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलव्ध गराइएको हो । सांसदसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ सामेबार राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो । पहिरोले घरवास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीका लागी पाईप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । यसअघि नै जिल्ला समन्वय समितिले बोल्देका विस्थापितका लागी टेण्ट लगायतका सामाग्री व्यवस्था मिलाइसकेको छ ।

बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भएपनि उनीहरुको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । सांसद तामाङले अब जिल्लामा जति पनि बिस्थापित भएका छन् ति सबैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो । उहाँले नमुना एकिकृत बस्तिको निमार्ण गरि विस्थापितहरुलाइ स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो । स्थानियले जंगलि जनावरले समेत आफुहरुलाइ बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पिडितहरुलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढंगले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापित हरुको उचित ब्यबस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्