गजल: थोरै थोरै माया पाऊँ कसरी 

–सेवक आचार्य

थोरै थोरै माया पाऊँ कसरी 

समयले भेटाइ दियो बोलु कसरी ।
आफ्नै लागे जस्तो रोजु कसरी ।

शैलिनै हो राम्रो लाग्यो उनको बोलिमा
उनको नजिक जाउँ लाग्छ जाउँ कसरी ।
थोरै भए पनि माया पाउँ कसरी ।

बेला बेला रिसाइदिने बानि रैछ उनको
हात समाइ आफ्नै दैलो जाउँ कसरी
थोरै भएपनि माया पाउँ कसरी

सेवा गरे देशको गर्ने उनको सपना
म नि अब शैनिकमञ्च धाउँ कसरि ,
थोरै भए पनि माया पाउँ कसरी

गित कि त खानि रैछिन गुन गुनाउने बानि
म नि अब दोहोरि गित गाउँ कसरी
थोरै भए पनि माया पाउँ कसरी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्