सिन्धुपाल्चोकमा जारी लकडाउन भदौ २४ गतेसम्म यथावत रहने

सुशील सुवेदी, सिन्धुपाल्चोक

कोरोना संक्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि भदौ २४ गते राति सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै ३ दिन लकडाउन थप गर्ने निर्णयगरिएको थियो । त्यसकोसमयसीमा आज सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामालकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

कोरोनाकोकारण हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने १०३ जना सङक्रमित पुगेका छन् ।कोरोनानियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्यमापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीयतहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाईप्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

साथै जिल्ल्ला प्रवेशमा पनि कडाइ गरिने बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्