सिन्धुपाल्चोकका लिदी पहिरो पिडितलाइ ९ लाख सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक

गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरीकाले आज लिदी पहिरो पिडितहरुका लागि सहयोग गरेका छन् ।

आज गैरआवासीय नेपाली सङ्घ तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाइटीको तर्फबाट ४ लाख गरि ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका तर्फबाट केन्द्रिय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याएको थियो ।

पहिरो पडितहरुलाइ अहिले सुरक्षित स्थानमा सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्