गौरा पर्व बिधिवत रुपमा बिर्सजन गरिदै

नरेश जोशी, बैतडी

सुदुरपश्चिमेलीहरुको ठुलो पर्व गौरा  बिधिवत रुपमा बिर्सजन गरिदै छ । भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु भएको सुदूरपश्चिमेलीको मुख्य चाड गौरा पर्व सुदुरपश्चिमका बिभिन्न स्थानमा बिधिवत रुपमा बिस्तारै बिर्सजन हुन थालेका हुन ।

पंचमी देखी एक वा डेढ साता सम्म देवी पुजन संगै देउडा खेलेर गौरा पर्व मनाईने गरिएता पनि यो बर्ष कोरोना भाइरसले खासै रौनकता नभएकाले छिट्टै बिसर्जन गर्न लागिएको हो । बिस्तारै बैतडी सहित सुदुरपश्चिमका सबै जिल्लाहरुमा यस वर्षको गौरा पर्व लाई बिदाई गरिदैछ । यति बेला जिल्ला प्रसाशन ले जिल्ला लाइ नै सिल गरेको गरेको छ । जिल्ला नै सिल गरिएता पनि ग्रामिण भेग मा नियमको उल्लङघङ गरेर ठाँउ ठाँउमा भव्य पुजाआजा र देउडाका साथ पर्वको बिर्सजन हुन थालेको हो ।

केहि ठाँउमा गौरा बिर्सजन भईसकेको छ भने केहि ठाँउमा अझै जारी रहेको छ । बिभिन्न जिल्लाका बिभिन्न क्षेत्रमा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा पर्वको समापन गर्ने गरिन्छ । स्थानीय देवी देवताका गाथा, महाभारत, रामायणलगायत धार्मिक ग्रन्थमा आधारित कथा गाउँदै गौरा पर्वको समापन गर्ने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्