सिन्धुपाल्चोकका पहिरो पीडित टेन्टमा

सिन्धुपाल्चोक – पहिरोले घरवार र परिवारका सदस्य गुमाएका जुगल गाउँपालिका–२, लिदीका पहिरोपीडितलाई अस्थायी बासको व्यवस्था मिलाइएको छ । लिदी पहिरोपीडित १७२ घरपरिवारमध्ये १२५ परिवारलाई लिदी पहिरोबाट ११ घण्टाको दूरीमा रहेको जुगल गाउँपालिका–१, सेलाङको बाँसखर्क सामुदायिक वन क्षेत्रमा टेन्ट हालेर अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको ९८ वटा टेन्टमा अस्थायी बासको व्यवस्था गरिएको छ । लिदीमा पहिरो गएको १४ दिनपछि पहिरोपीडित टेन्टको व्यवस्था भए पनि खानेपानी र शौचालयको उचित प्रबन्ध भएको छैन । टेन्टमा अभिभावक गुमाएका बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीलाई राखिएको छ । हिमाली क्षेत्र भएका कारण वर्षा भइरहने गरेकाले चिसो हुन थालेपछि विस्थापितहरू बिरामी पर्न थालेका छन् । गत साउन ३० गते लिदीमा पहिरो जाँदा ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शव फेला परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्