काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ३ सय ७७ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञापछि घट्दै गएको संक्रमण दर पुनः उकालो लागेको छ  । नियमित प्रेस ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्