झुलाघाटको भन्सार कार्यालयद्वारा गत आर्थिक वर्षमा ४४ लाख ४६ हजार राजश्व संकलन

नरेश जोशी, बैतडी 

महाकाली भन्सार कार्यालय झुलाघाटकाले गत आर्थिक वर्ष २०७६/७७ मा ४४ लाख ४६ हजार राजश्व संकलन गरेको छ भन्सार छली, पैठारी महशुल शुल्क, कृषी सुधार शुल्क, निकासी सेवा दस्तुर बाट राजश्व संकलन भएको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेल बताएका छन ।

सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन भएकोे हो। पौडेलले गत आर्थिक बर्षमा नाकामा खुलारुपमा आवतजावत भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व उठाउन सफल भएको बताएका छन। झुलाघाटमा शसस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अबैध निकासी नियन्त्रण गर्न सहज भएको बताईएको छ ।

सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्रीहरु आयात भइरहेको पाईएको छ । प्रहरी र शसस्त्र प्रहरीले लकडाउनकै बेला पनि अबैध सामग्री बरामद गरिसकेको र गत चैत ११ गतेदेखि लकडाउन भएकोले सीमानाका पनि बन्द रहेका कारण यो बर्ष त्यति खासै राजश्व संकलन हुन नसकेको महाकाली भन्सार कार्यालय झुलाघाट राजश्व कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्