लकडाउनको तेस्रो दिन दशरथचन्द नगरपालिका बजार क्षेत्र सुनसान

नरेश जोशी ,बैतडी

लकडाउनको तस्रो दिन बैतडीको दशरथचन्द आसपासका क्षेत्र विहिबारदेखी सुनसान बनेको छन । अन्य दिन चहल पहल सुरु हुने गोठलापानी ,गडी ,शाहिलेक, देहिमाण्डौं बजार क्षेत्र लकडाउन जारी भएको तेस्रो दिन सुनसान बनेका छन ।

राजमार्ग क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र निजि सवारी साधनहरु संचालनमा रोक लगाइएको छ । बजार क्षेत्रमा प्रहरीले कडाई समेत गरिरहेको छ । सडकका ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्