पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं – नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म १७ हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

आज पर्सामा एक पुरुष र मोरङ जिल्लामा एकजना महिलाको कोभिड–१९ कारणले मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६६० पुगेको जानकारी दिनुभयाे । प्रवक्ता गौतमले हाल आठ हजार जनामा आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हाेम आइसोलेसनमा ४९७ रहेका छन् । क्वारेन्टिनमा १५ हजार २४३ रहेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्