कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले देशभर ४६८ जना संक्रमित थपिएको जानकारी दिए भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ। शनिबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्