मुख्यमन्त्री पौडेलसहितको टोली हेलिकोप्टरमा राहत बोकेर लिदी प्रस्थान

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोकको लिदि प्रस्थान गरेको छ । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री पौडेल सहितको टोली हेलिकोप्टरमार्फत प्रस्थान गरेको हो । मुख्यमन्त्री पौडेलको नेतृत्वमा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशसभा सदस्य शरेश नेपाल लगायत प्रस्थान गरेका हुन् ।

जुगल गाउँपालिकाको लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित त्यसतर्फ गएका हुन् । प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामा, प्रदेश प्रहरी प्रमुख, नेपाली सेनाका प्रतिनिधि लगायत त्यसतर्फ प्रस्थान गरेका हुन् । लिदी पहिरोमा परेका ज्यान गुमाएका परिवारलाई राहत तथा अन्यको पुनःस्थापनाका लागि सरकारको तर्फबाट अध्ययन गर्नेगरी टोली सिन्धुपाल्चोक हिँडेको हो । साथै, स्थानिय तहको समन्वय र प्रभावित पीडितसँगको सल्लाहमा प्रदेश सरकारले उपयुक्त स्थानमा एकीकृत बस्ति बनाउनेगरी काम अगाडि बढाइने सामाजिक बिकास मन्त्री युबराज दुलालले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री दुलालका अनुसार उपयुक्त स्थान उपलब्ध भएको ठाउमा एकीकृत बस्ति बनाउने कुराको घोषणा समेत हुनेछ । टोलीले राहत र उद्धारमा तत्काल गर्नुपर्ने कामका अलावा बस्तीको संरक्षण र सुरक्षित आवासको पुनः निर्माणको संभावना बुझेर स्थानीय तहको समन्वय र प्रभावितरपीडितले चाहेमा त्यहा पनि प्रदेश सरकारले उपयुक्त स्थान उपलब्ध भएको ठाउमा एकीकृत बस्ति बनाइने छ । बागमती प्रदेश सरकारले बाढी पीडितलाई सुरक्षित स्थानमा पुरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्