चक्कु हानेर एक युवकको हत्या

काठमाडौँ – काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ ।

तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने लक्ष्मणको हत्या गरेको बताइएको छ ।

मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ । आपसमा विवाद हुँदा चक्कुले हानेर हत्या गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्