‘गजल’: सुन्दर शूदुरपश्चिम

रमेशराज मिश्र, सुन्दर शूदुरपश्चिम

अलका नन्दन सरि यहीँ भुल्न पाउ शूदुरपश्चिम
सुन्दरता सन्तृप्त भै घुल्न पाउ शूदुरपश्चिम

जन्मभूमि जननीलाइ कर्मभुमी बनाइ
जलमलसहित फक्रिएर फुल्न पाउ शूदुरपश्चिम

मल्लिकार्जुन अपि नाम्पा लेकम झनै प्यारो
उग्रतारा पाटन तिरै डुल्न पाउ शूदुरपश्चिम

शुक्लाफाँटा, बेदकोट जसै झोलुंगेमा सधै
शिवपुरी खप्तडमा चुल्न पाउ शूदुरपश्चिम

साँफेको मोहनी उस्तै सैपाल हाँस्छ सधैँ
घोडाघोडीमा मेरो तिर्खा धुल्ना पाउ शूदुरपश्चिम

 

✍️ सर्जक साहित्य क्षेत्र [विशेष गरि ‘गजल’विधामा ]मा निरन्तर कलम चलाइरहने एक ‘साहित्यिक सष्ट्रा’ हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्