सोमबार थपिए कोरोनाका ३ सय ३८ संक्रमित

सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्।

देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्