बीपी कोइराला युवा नेतृत्व विकास मञ्चकाे नेतृत्व बाँडफाँड, दार्चुलाबाट दिवाकर जाेशी

काठमाडाैँ – बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले जिम्मेवारी बाँडफाँड गरेको छ । आइतबार एक विज्ञप्ती मार्फत २६ जनालाई जिम्मेवारी दिएको छ । इतिहासको कालखण्डमा विपी कोइरालाबाट व्यक्त, विचार, प्रतिपादिन नीति र राष्ट्र निर्माणका लागि मार्ग निर्देशन गरिरहेका कोइराला र उहाँका विचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पीढीको सपनासँग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पंक्रिले निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले जिम्मेवारी दिएको हो ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्ट खोज्ने , लोकतन्त्रमानै सम्मुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकास गर्ने साझा चौतारी भएकाले विपी कोइराला युवा नेतृत्व विकास मञ्चले २६ जिल्लामा नेतृत्व चयन गरेको हो ।
जसमा दार्चुलाबाट दिवाकर जोशी, तेह्रथुमबाट जुलि जबेगु लिम्बु, इलामबाट लक्ष्मण चौलागाई, खोटाङबाट नइन्द्र राई, भोजपुरबाट मनोज खनाल, ओखलढुङ्गाबाट सुरेश ढुंगेल रहेका छन् । त्यसैगरी सप्तरीबाट कन्हैया देव, सिरहाबाट मुकेश महतो, सर्लाहीबाट मनोज बख्रेल, रौतहटबाट अधिकार लामिछाने, रसुवाबाट निदेश श्रेष्ठ छन् । यस्तै मकवानपुरबाट गंगा पौडेल, ललितपुरबाट उद्धव दहाल, कास्कीबाट कमल पौडेल, नवलपुरबाट सागर ढकाल, लम्जुङबाट श्रीकृष्ण पौडेल, बाँकेबाट भीमप्रसाद पौडेल, स्यांजाबाट प्रकाश पुषाल, पाल्पाबाट ओमप्रकाश बस्याल, कपिलवस्तुबाट राममणी पौडेल, मुगुबाट धनबहादुर भान, कालिकोटबाट सुरेन्द काफ्ले, डोल्पाबाट कुशल विक्रम शाही, डोटीबाट रघु कठायत, अटामबाट दिनेश स्वाँर र कैलालीबाट जुगराम चौधरी रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्