ब्राउनसुगर सहित छ जना युवा प्रहरी फन्दामा

मुकेश कुमार यादव, सिरहा

सिरहामा प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगर सहित ६ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले गोलबजार नपा ६ ढोहटीयाका २८ वर्षिय पाण्डव गुप्ताले आफ्नै घरमा विक्रिको लागि लुकाई राखेको १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित ६ जनालाइ नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा गएको टोलिले गुप्ता सहित स्थानीय २२ वर्षिय सुरज परियार, २० वर्षिय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षिय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनले गुप्ता र उनलाई ओसार पोसारमा सहयोग गर्ने तथा सेवन गर्नेहरुलाई पक्राउ गरेको पुरिले जनाए ।
पक्राउ परेका सवैलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्