१६ वर्षीया किशोरीलाई भारत लगेर एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको खुलासा

सांकेतिक तस्बिर

रौतहटमा १६ वर्षीया किशोरीलाई भारत लगेर एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको खुलासा भएको छ। रौतहटको विजयपुर इलाका प्रहरी कार्यालयका अनुसार पीडितको उजुरीका आधारमा जिल्लाको गुजरा गाउँपालिका वडान नम्बर ५, सोनाडी निवासी २६ वर्षीय ममताज देवान फकिरलाई पक्राउ गरी अपहरण तथा बलात्कार मुद्दा चलाइएको छ।

‘उनलाई शनिबार पक्राउ गरिएको हो,’ विजयपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक चन्द्रकिशोर साहले सोमबार बिहान नेपालखबरसँग भने, ‘अहिले जिल्ला प्रहरी कार्यालय (रौतहट) को हिरासतमा रहेका उनीविरुद्ध आइतबार अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।’

घटना यस्तो छ
अभियुक्त युवक विवाहित मात्र छैनन्, उनका ५ सन्तान पनि छन्। तर उनले गाउँकै १६ वर्षीया किशोरीसँग ‘प्रेम’ सम्बन्ध गरे। यही क्रममा ती किशोरीको अन्तै बिहे गर्ने कुरा चल्यो। यो सुनेपछि उनले गत असार ८ गते खेतमा घाँस काटिरहेका बेला फकाउँदै ती

किशोरीलाई मोटरसाइकलमा हालेर भारतको मुजफ्फरपुर लिएर गए। त्यहाँ १५–२० दिन राखे। त्यसपछि भारतकै छौडागन्ज राखे र पैसा सकिएपछि यही साउन १४ गते रौतहटको पतरिया नगरपालिका वडा नम्बर १ मा बाटामा ल्याएर छाडिदिए।‍‍

समाचार श्राेत : नेपाल खबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्