कक्षा ११ का विद्यार्थीको ५२ करोड खै ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन ।
बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन ।

कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए । बोर्डले करिब १५ करोड रुपिया खर्च भएको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)को पनि परीक्षा वापत उठाएको रकम र खर्च भएको विवरण सार्वजनिक हुन सकेको छैन ।

हामी विद्यार्थीले आफु अध्ययन गर्दै आएको विद्यालयलाइ परीक्षा तथा प्रीबोर्डको लागि तिरेका रकम बाट हाम्रो परीक्षा होस । प्रीबोडको लागि विद्यार्थीले बुझाउने शुल्क विद्यार्थीले विद्यालयलाई दिएको र विश्व महामारी कोरोनाका कारण त्यो परीक्षा पनि नभएका ले सोही रकम बाट हामी विद्यार्थीको परीक्षा हुनु पर्दछ । हामी गरीब किसानहरूका छोराछोरी को लागि त्यो १००० रुपया धरै महत्व दिइएको हुन्छ । हुनेखानेहरुका छोराछोरीको लागि १००० रुपैया भनेको एक दिनको क्यान्टिन खर्च हो ।

मेहेनत गरेर कमाएको पैसाको सही सदुपयोग होस् । परीक्षा बोर्डले एसईई परीक्षाको खर्चको विषयमा समेत छलफल शुरु गर्ने भएको छ । एसईई परीक्षा पनि विद्यालयबाटै सञ्चालन भएपछि उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ । परीक्षाफल प्रकाशित गर्ने दायित्व पनिकाको भएपनि यो वर्ष उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ ।
बोर्डले परीक्षा सञ्चालन र व्यववस्थापन खर्च प्रदेश मातहतको कार्यालयलाई पठाइसकेको छ । कक्षा १० को परीक्षा खर्च वापतको रकम नेपाल सरकारको खातामा जान्छ । कक्षा ११ र १२ को बोर्डको खातामा जाने गरेको छ ।

लेखक : मुकेशप्रसाद जाेशी, शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरका स्थानीय तथा उपहार खबरका कञ्चनपुर संवाददाता हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्