विश्वमा कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम, कति भए संक्रमित ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको डब्लुएचओले जनाएको छ ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो । थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन् । यसअघि जुलाई १२ मा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । उक्त दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए ।

शुक्रबारसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १४ मिलियनको नजिक पुगेको छ । यस रोगका कारण मृत्यु हुने संख्या ५ लाख ९० हजार बढी भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्