सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार

सिरहा – सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार भएको छ ।
औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएका हो ।

राति घरमा सुतिरहेका बेला नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेको छैन ।

जिल्ला प्रहरी सिरहाका अनुसार बम बिस्पोट भएको घटनास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्